Saturday, September 27, 2014

संग्रहनीय खुशी

विजय कुमारले निकट भविष्यमा एउटा पुस्तक ( आत्मकथा) लेख्दैछन भन्ने समाचार कान्तिपुर दैनिकमा पढेकै दिन मैले मनमनै अठोट गरिसकेको थिएँ - 'पुस्तक निस्कनासाथ किनेर ल्याई पढ्नेमा पनि एकजना हुनेछु.' नभन्दै केहि समयको अन्तरालमा आएको 'खुशी' मैले पढीसकें. शिक्षण पेसालाई अंगालेर आफ्नो जीविका चलाईरहेको मलाई आफ्नो 'हेल्मेट टिचर' को दिनचर्या बाट समय निकाल्दै अलि अलि गर्दै पढ्दा पुस्तक सक्न पाँच दिन लाग्यो.

पुस्तक बजारमा आइपुगेकै दिन किनेर पढ्न चाहन्थें, तर मौका मिलेन. दुईचार दिन ढिलो गरि मेरो हातमा परेको किताबको शिर्षक त्यति आकर्षक लागेन, जति मेरो पूर्व अपेक्षा थियो. कभर पेजमा लेखकको कम्मरदेखी माथिको सबै भाग देखिने गरि कोट लगाएर हात फोल्ड गरेर चिरपरिचित मुस्कान सहित मुसुक्क मुस्कुराएको फोटो चाहिं आकर्षक लाग्यो. कभरको पछाडी पट्टि उद्दरणचिन्ह भित्र राखिएको दुईहरफ 'सारा जीवन प्रस्न सोधें, अब उत्तर दिन चाहन्छु' देखेपछि पुस्तक नपल्टाई रहन सकिनँ. यस अघि मैले कैयौं किताब किनेर घरमा ल्याएपछि पाना नै नपल्टाई महिनौं त्यसै राखेको छु, तर विजय कुमारको आत्मकथाले भरिएको पुस्तकको हकमा त्यसो हुन पाएन.

घर ल्याई सकेपछि किताबको सुरु र अन्तिम अध्याय चैं पढी हालौं न त भन्ने विचार मनमा आयो. र, ति दुई अध्याय पढी हालें. त्यसपछि अरु अध्यायहरु नपढी पुस्तक थन्क्याउन गार्हो भयो. खासमा मैले काम गर्ने स्कुलमा प्रथम चौमासिक परीक्षा चलिरहेको र लगत्तै उत्तरपुस्तिका परिक्षण को चटारो पनि पर्ने हुनाले सो पुस्तक मैले दशैं को लामो बिदामा मात्र पढ्ने मनसाय राखेको  थिएँ. तर, सरासर पढेर नसकी मन मानेन. फलस्वरूप, दशैं सुरु भएकै दिन अर्थात् घटस्थापनाको दिनमै पढेर सकियो. मनमा निकै आनन्द लागेको छ. यो पटकको दशैं र तिहार भरि मन प्रसन्न रहिरहने भयो लामो समयको अन्तरालमा फेरि एउटा गुणस्तरीय नेपाली पुस्तक पढेर आनन्दित हुन पाएकोमा.

सेलिब्रिटी पत्रकार विजय कुमारले आत्मकथा लेख्दैछन् भन्ने समाचार सुन्दा/पढ्दा जुन किसिमको पुस्तकको परिकल्पना मेरो मनमस्तिस्कले गरेको थियो, 'खुशी' त्यो भन्दा बिल्कुलै फरक र उच्चस्तरको पाएँ. यसघि उनलाई म सफल र चर्चित पत्रकारको रुपमा मात्र चिन्दो रहेछु. उनको आत्मकथा पनि त्यस्तै सफलताका किस्साहरुले भरिपुर्ण होलान भन्ने अपेक्षा रहेछ मेरो. तर पुस्तकको सुरुमै उनले आफुलाई एउटा 'अल्कोहोलिक'को रुपमा चित्रण गर्दै त्यस खराब आदत बाट मुक्ति पाउन गरेको अथक संघर्ष को कथा पस्केको पढ्दा म स्तब्ध भएँ. मैले कल्पेको विजय कुमार र वास्तविक विजय कुमारबिचको दूरी जब मैले थाहा पाएँ, म अचम्भित भएँ. जति पाना पल्टायो, त्यति लेखिएको कुरा पत्यार नलागेर कभर पेजमा रहेको फोटो हेर्न पुग्थें. पुस्तक पूरै पढेर नसकुन्जेल यो क्रम रोकिएन. ३२६ पेजको पुस्तक पढिसक्दासम्ममा मैले लगभग त्यो भन्दा बढी पटक लेखकको मुस्कुराई रहेको फोटो हेरेहुँला. पुस्तक पढ्दै, कभर मा छापिएको फोटो हेर्दै गरेको मेरो पांच कक्षामा पढ्ने छोरीले पनि देखिछ. 'के गर्नु भएको त्यस्तो?' उसले सोधी. मैले केहि होइन भनेर टारीदिएँ.

अचम्भित दुई फरक विजय कुमारका बिचको अन्तरका कारणले मात्र भईन. टेलिभिजनको पर्दामा देखिने पत्रिकामा पढिने 'सेलिब्रिटी' विजय कुमारले कसरी वास्तविक जीवनको निरास छटपटाइ रहेको विजय कुमारको सजीव चित्रण गरेर प्रस्टसित आफ्ना 'फ्यानहरु' समक्ष राख्न सकेको होला भनेर पनि अचम्ममा परें. कस्तो निस्कपट ? कस्तो निस्छल ? बास्तबमा विजय कुमारले आफुलाई पाठकसामु राम्रै राम्रा गुणहरुले भरिपुर्ण सफल पत्रकारको रुपमा प्रस्तुत गर्नुको साटो जुन हिम्मत गरेर आफ्ना सबै कमीकमजोरीहरु छर्लंग राखी दिएका छन्, त्यसले उनको व्यक्तित्व अझ उजिल्याएको . उनलाई एउटा पूर्ण मानब बनाएको . उनी कमजोर हैन, अझ बढी प्रभावशाली सरल व्यक्तित्वका धनी देखिएका छन्. साँची नै, नेपाली भाषामा अब आत्मकथाको नाममा आफ्नो बखान मात्र गरेर आफुलाई महापुरुष साबित गर्न दुस्प्रयास गर्ने सबैलाई चुनौती शिक्षा भएको यो पुस्तक.


पहिलो अन्तिम अध्याय सहित विभिन्न शिर्षकमा २९ वटा अध्याय समाविस्ट उनको संस्मरणात्मक आत्मकथाका प्रसङ्गहरुले उनलाई साँची नै व्यक्तिगत कमीकमजोरीसहितको एक असल अत्यन्त प्रभावशाली पत्रकारकोरुपमा उभ्याएको . पत्रकारितामा उनले लामो समयदेखि पालना गरिआएको निर्भिकता इमान्दारिता को साथ आफ्नो जीवनको कथा लेखनमा पनि छोडेका छैनन्. संसारभरिका मानिसहरुको सर्बाधिक चाहनामा पर्ने पैसा, प्रसिद्धि सेक्सको बारेमा ब्यक्त उनको बिचारले उनी कति प्रस्ट सोचाई भएका मानिस रहेछन भन्ने जानकारी पाठकहरुलाई दिएको . नेपालको राजनीति, कुटनीति, पत्रकारिता , धनाढ्यहरुको सोच जीवनशैली , जीवनप्रतिको वैराग्य , निराशा तथा आशा सबै बिषयमा उनका विचार प्रस्टसित पोखिएका छन्. पुस्तकका पाना-पानामा पोखिएका उनका भावनाले सफल चर्चित व्यक्ति भैकन पनि सरल आध्यात्मिक जीवन कसरी बाँच्न सकिँदो रहेछ भनेर एउटा दृष्टिकोण प्रस्तुत गरेको . , युवापुस्ताका पाठकलाई खुसीको जीवन जिउन मार्ग प्रसस्त गरेको . समग्रमा विजय कुमारको यो आत्मकथा एउटा संग्रहनीय पुस्तक बनेको .

Saturday, September 20, 2014

My mum’s skill


 My mummy is a wonderful woman. She is very active even in her late fifties. I often wonder how she can manage doing even the household things that my neighbours think are men’s business.

A fortnight ago, we decided to have a new fence for our house. The existing bamboo fence had got an ugly and dilapidated look. I was ready to buy bamboos and wires for the material, but there was a problem – Who would do the work? I talked to a man who was known for this kind of work, and he said the charge would be Rs. 500 a day for his wage. It was a peak time for the labourers and they would easily get a work on wage at the building sites. So, they generally would not be ready for other works.

The man was too expensive for us. Also, he was not ready to work for us because he was busy. So, my mother decided that she would herself do the job. I was not convinced until she had split the bamboos into long narrow sticks and started tying them to each other with the wires. But she did it!

Finally, she made such a beautiful fence in front of our house that every passerby says, “Ahaaa! What a beautiful fence! Who made it?” They are amazed to know that it was the fruit of a week-long toil of my mother, a senior woman.


(Note: This article is taken from an old entry in my diary. Unfortunately, the date is not mentioned.)